बैठक बस्न हुन्न भन्ने विचारलाई महासचिवले साथ दिन हुँदैन : वामदेव गौतम
काठमाण्डाै – सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमले महासचिवले पार्टी बैठकबारे व्यवस्थापन गर्न नजानेकाले पार्टीभित्र समस्या उत्पन्न भएको बताउनुभएको छ ।
दुई अध्यक्षको छुट्टाछुट्टै प्रस्ताव पेस भएपछि आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले एकजना सदस्यले औचित्य पुष्टि हुने गरी बैठक बस्न माग गरेमा पनि महासचिवले अध्यक्षसँग परामर्श गरेर बैठक बोलाउनुपर्ने उल्लेख गर्नुभएको छ।
‘यस्ता व्यवस्थापनसित सबन्धित विषयमा पनि विवेक पुर्याउन नसक्नेलाई के भन्नु ? यत्ति व्यवस्था मिलाउन नसक्दा पार्टीमा यति ठूलो समस्या पैदा भयो । बैठक बस्न हुन्न भन्ने विचारलाई महासचिवले साथ दिनुहुन्न’ गौतमले भन्नुभएको छ।
बैठक बस्दा दुवै अध्यक्षको सहमति हुनुपर्छ भन्नुको अर्थ बैठक बस्न नदिने गरी विचार राख्न र अवरोध गर्न कुनै पनि अध्यक्षले नपाउने पनि उहाँको भनाइ छ । गौतमले पार्टीभित्र उत्पन्न विवाद बैठक र छलफलबाटै समाधान हुने पनि उल्लेख गर्नुभएको छ ।
‘पार्टी बाहिर छरिएका हाम्रा विचारहरु आजदेखि पार्टीमा भित्रिएका छन् । चाहेमा अब हामीले समस्या समाधान गर्न सक्छौँ । किनकी, पार्टीको जीवन कमिटीका बैठकहरुमा हुन्छ र बैठकहरुको जीवन छलफलमा हुन्छ । यस्तो गर्न छोडेको दिनदेखि नै पार्टी जीवन समाप्त हुन्छ ।
बैठक बस्न छलफल गर्न सुरु गर्दा साथ पार्टीको पुनर्जीवन सुरु भइहाल्छ । यो बैठक बस्ने वातावरण बनाउन जो-जसले मिहिनेत गर्नुभयो उहाँहरुलाई धन्यवाद छ’ गौतमले भन्नुभएको छ । बैठकमा आफूलाई लागेको कुरा खुला-खुलस्त, बिनालप्पन-छप्पन, मौखिक-लिखित रुपमा विचार राख्नु हुने दुवै अध्यक्षलाई उहाँले धन्यवाद पनि दिनुभएको छ ।
उपाध्यक्ष क. वामदेव गौतमको धारणा
मैले आजै दस्तावेजका विषयमा आफ्नो विचार राख्न चाहिनँ ।
बैठकका सम्बन्धमा र प्रक्रियाका सम्बन्धमा आफ्नो विचार राख्न गइरहेको छु ।
पार्टी बाहिर छरिएका हाम्रा विचारहरु आजदेखि पार्टीमा भित्रिएका छन् । चाहेमा अब हामीले समस्या समाधान गर्न सक्छौँ । किनकी, पार्टीको जीवन कमिटीका बैठकहरुमा हुन्छ र बैठकहरुको जीवन छलफलमा हुन्छ ।
यस्तो गर्न छोडेको दिनदेखि नै पार्टी जीवन समाप्त हुन्छ । बैठक बस्न छलफल गर्न सुरु गर्दा साथ पार्टीको पुनर्जीवन सुरु भइहाल्छ । यो बैठक बस्ने वातावरण बनाउन जो-जसले मिहिनेत गर्नुभयो उहाँहरुलाई धन्यवाद छ । बैठकमा आफूलाई लागेको कुरा खुला-खुलस्त, बिना लप्पन-छप्पन, मौखिक-लिखित रुपमा विचार राख्नु हुने दुवै अध्यक्षलाई म हार्दिक धन्यवाद दिन्छु ।
बैठक बस्दा दुवै अध्यक्षको सहमति हुनुपर्छ भन्नुको अर्थ बैठक बस्न नदिने गरी विचार राख्न र अवरोध गर्न कुनै पनि अध्यक्षले पाइन्नँ । पार्टी विधानमा आवश्यकता बमोजिम बैठक बस्ने भन्ने व्यवस्था भएका कमिटीहरुका एकजना सदस्यले औचित्य पुष्टि हुने गरी बैठक बस्न माग गरेमा मात्र पनि महासचिवले अध्यक्षसँंग परामर्श गरी बैठक बोलाउनुपर्छ । यस्ता व्यवस्थापनसित सबन्धित विषयमा पनि विवेक पुर्याउन नसक्नेलाई के भन्नु ? यत्ति व्यवस्था मिलाउन नसक्दा पार्टीमा यति ठूलो समस्या पैदा भयो । बैठक बस्न हुन्न भन्ने विचारलाई महासचिवले साथ दिनुहुन्न ।
सञ्चारकर्मी मित्रहरु,
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मिति २०७७ मंसिर १३ गते सम्पन्न सचिवालय बैठकमा पार्टीका उपाध्यक्ष क.वामदेव गौतमले निम्नअनुसारको धारणा प्रस्तुत गर्नुभएको व्यहोरा सूचित गरिन्छ ।
विश्वमणि सुवेदी
क. वामदेव गौतमको प्रेस संयोजक
मिति- २०७७।०८।१४
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


