हुम्ला विमानस्थलको आगलागी नियन्त्रणमा आयो, एकजना घाइते
सुर्खेत । हुम्लाको सिमकोटस्थित विमानस्थलको क्वाटरमा लागेको आगो नियन्त्रणमा आएको छ । बिहीबार बिहानै ५ बजेदेखि सुरु भएको आगलागी सेना, सशस्त्र प्रहरी र प्रहरीसहित स्थानीयको दुईको घण्टाको प्रयासपछि नियन्त्रणमा आएको हो ।
तीनवटै सुरक्षा निकायका ५० भन्दा बढी सुरक्षाकर्मी, वनका कर्मचारी र केही स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्यप्रकाश सुवेदीले जानकारी दिए ।
‘चिसोले पानी जमेका कारण आगो निभाउन समस्या भएको थियो । तर बिहानैदेखि सबैको प्रयासमा आगो नियन्त्रणमा आएको छ,’ डीएसपी सुबेदीले भने, ‘क्षतिको यकिन विवरण भने अझै आउँन सकेको छैन् ।’
विमानस्थल क्वाटरमा बिहीबार बिहानै आगो लागेको थियो । कार्यालयमा हिटर बालिएको र विद्युतको तार सर्ट भएपछि आगलागी भएको हुनसक्ने डीएसपी सुबेदीले बताए ।
‘कार्यालयमा हिटर बालिएको रहेछ । हिटरको लातोले विद्युतको तार सर्ट भएर आगो लागेको हुनसक्छ,’ सुवेदीले भने, ‘कसैले आगो लगाएको भन्दा पनि प्राविधिक कारणले नै आगो लागेको पाइएको छ ।’
डीएसपी सुबेदीका अनुसार आगो नियन्त्रणका क्रममा जिल्ला प्रहरी कार्यालय हुम्लाका कर्मचारी गणेश सुइयाल घाइते भएका छन् । उनको हातमा चोट लागेको र उपचार भैरहेको छ । अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


