वरिष्ठ नेता पौडेललमाथि अभद्र व्यवहार भएको भन्दै कांग्रेको आपत्ति , घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग
काठमाण्डाै – नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललमाथि अभद्र व्यवहार भएको भन्दै आपत्ति जनाएको छ ।
कांग्रेसको संसदीय दलको कार्यालयले आज विज्ञप्ति निकालेर पौडेलमाथि अभद्र व्यवहार गरी पक्राउ गरेको भन्दै भत्सर्ना गरेको छ । शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप गर्ने उदेश्यले जिल्ला प्रशासन कार्यालय, तनहुँले निषेधाज्ञा जारी गरी कांग्रेसका नेता तथा कार्यकर्तामाथि दुर्व्यवहार गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालको संविधान विपरीत हुने गरी भएको यो घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न कांग्रेसको संसदीय दलले माग गरेको छ । हिजो तनहुँको व्यास नगरपालिकाको १, १० र ११ जोड्ने बुल्दी खोलामाथिको पुल उद्घाटन गर्न पुगेका पौडेललाई प्रहरीले बल प्रयोग गरी पक्रेको थियो ।
पक्राउ परेको ३ घण्टापछि प्रहरीले उहाँलाई छोडेको थियो । यस्तै, पौडेलले आज प्रहरीको कुटाइबाट आफूलाई थप पीडा बढेको बताउनु भएको छ । सामाजिक सञ्जाल ट्वीटरमा उहाँले हिजोभन्दा आज दुखाइ बढेको भन्दै गणतन्त्रमा पनि प्रहरीको पेलानबाट छुटकारा नमिलेको बताउनु भएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


