बौद्धमा आमाछोरी मृत भेटिए

काठमाण्डाै – गोकर्णेश्वर नगरपालिका २ काे नयाँपाटीमा एक महिला आफ्नो एक महिनाकी छोरीसहित मृत भेटिएकी छिन् । सिन्धुपाल्चोक जुगल गाउँपालिका स्थायी घर भइ नयाँपाटी बस्दै आएकी २७ वर्षीया पेम्बी शेर्पा छोरीसहित मृत भेटिएकी प्रहरीले जनाएको छ । 

महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक (डीएसपी) नवीन कार्कीले श्रीमान् दोर्जे शेर्पा भने अचेत अवस्थामा भेटिएका जानकारी दिनुभयो । उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको बताइएको छ । 

राति सुत्दा हिटर बालेर सुतेको हुँदा निस्सासिएर ज्यान गएकाे हुन सक्ने प्रहरीको आशङ्का छ । तिनको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रहरीले जनाएको छ ।

किराना पसल सञ्चालन गर्दै आएका उनीहरूको कोठामा बोलाउन जाँदा ढाेका नखोलेपछि ग्राहकले प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार झ्यालढोका सबै बन्द थिए । क्वाइलवाला र इलेक्ट्रिकल हिटर बालेर त्याे परिवार सुतेको फेला परेको थियो । 

TOP