एकसिङ्गे गैँडा चोरी शिकारी गरेर भागेका सेनाका भगौडा जवान १५ वर्षपछि पक्राउ
चितवन – दुर्लभ एकसिङ्गे गैँडा चोरी शिकारी गरेर भागिरहेका चितवनको भरतपुर महानगरपालिका-२६ दिव्यनगरका ३६ वर्षीय सूर्य भन्ने सुरज चौधरी १५ वर्षपछि पक्राउ परेका हुन् ।
२०६२ सालको असारमा शिसुवाघाटपारि भालुटापुमा गैँडालाई गोली हानी खाग बेचेको अभियोगमा उनी दोषी ठहर भएका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताउनुभयो । २०६२ सालको असोज १२ गते मुद्दा दायर भएर २०६४ सालको पुस २० गते निकुञ्जले चौधरीलाई १५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना फैसला गरेको थियो ।
गैँडा तस्करहरुले दुईपटकसम्म गैँडा मार्ने प्रयास गरेपछि नेपाली सेनाका भगौडा चौधरीलाई समेत समूहमा सामेल गरी गैँडा मारेको पक्राउ परेकाहरुको बयानबाट खुलेको छ । चौधरीको समूहले पुष्पलाल भण्डारीको समूहलाई खाग बिक्री गरेकोसमेत खुल्न आएको अधिकारीले जानकारी दिनुभयो ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…


