८० प्रतिशतभन्दा धेरै महिला घरपरिवार र नजिकैका व्यक्तिबाट हिंसामा पर्दै
काठमाण्डौ – धेरैजसो महिलाहरु घरपरिवार र नजिकैका व्यक्तिबाट हिंसामा पर्ने गरेका छन् ।
८० प्रतिशतभन्दा धेरै महिलाहरु घरभित्रैबाट अथवा नजिकैका व्यक्तिहरुबाट हिंसामा पर्ने गरेका राष्ट्रिय मानवअधिकार आयोगका पूर्व सदस्य मोहना अन्सारीले बताउनुभयो । हत्या, बलात्कार, हिंसालगायत जघन्य अपराधमा घरभित्रकै र नजिकैका व्यक्तिहरु प्राय संलग्न हुने भएकोले केही घटनाहरु घरभित्रै लुकाउने गरिएको उहाँको भनाइ छ ।
घरभित्रका सदस्यहरुको विरोधमा अघि बढ्दा आफूलाईसमेत असर पर्ने भन्दै महिलाहरुले खुलेर आफूमाथि भएको हिंसाबारे बताउन नचाहने गरेका मानवअधिकारर्मीसमेत रहनुभएका अन्सारीले बताउनुभयो । यस्तै पालिकाहरुले हिंसाका घटनाहरुलाई मिलापत्र गराउने प्रवृत्ति बढेकाले पनि बलात्कारलगायतका हिंसाका घटनाहरु बढिरहेको उहाँको भनाइ छ ।
परिवारका सदस्यलाई बचाउन मेलमिलापका नाममा हिंसाका घटना दबाउने काम पालिकाले गर्न नहुने उहाँले बताउनुभयो । अहिले हरेक पालिकामा न्यायीक समिति गठन भएको छ । समितिले घरायसी झगडालगायत विषय हेर्ने अख्तियार पाएको छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


