द्वन्द्व बढेसँगै छिमेकी मुलुकमा लगानी बढाउँदै भारत र चीन
काठमाडौं । जुन महिनाबाट दुई मुलुकको बिचमा तनाव बढेसँगै भारत र चीनले छिमेकी मुलुकहरुमा आर्थिक लगानी बढाउँदै लगेको एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ ।
चिनियाँ लगानीको बारेमा अध्ययन गर्ने संस्था अमेरिकन इन्टरप्राइज इन्ष्टिच्युटका अनुसार सन् २०२० मा मात्रै चीनले छिमेकी मुलुकहरुमा ४ विलियन अमेरिकी डलर लगानी गरेको छ ।
१.९३ विलियन अमेरिकी डलर पाकिस्तानमा, १.२५ विलियन बंगलादेशमा, ४५० मिलियन श्रीलंकामा र २८० मिलियन श्रीलंकामा लगानी भएको छ । छिमेकमा भएको कुल लगानीमध्ये झण्डै पचास प्रतिशत पाकिस्तानमा भएको छ ।
भारत र पाकिस्तानको विचमा कुनै तनावपूर्ण सम्बन्ध रहेको छ भने चीन र पाकिस्तानको विचमा एकदमै सौहार्दपूर्ण सम्बन्ध रहेको छ । यी मुलुकहरुमा बेल्ट एण्ड रोड परियोजना अन्तर्गत लगानी भएको छ ।
विश्लेषकहरुले चीनको लगानी पारदर्शी नभएका कारण अझै बढी लगानी भएको हुनसक्ने बताएका छन् । तर नेपालमा यो विचमा चीनले कति सहयोग ग¥यो भन्ने सम्बन्धमा भने सो अध्ययनमा केही पनि उल्लेख गरिएको छैन ।
उता भारतले पनि चीनसँगको द्वन्द्व बढ्दै गएपछि आफ्ना छिमेकी मुलुकहरुमा कनेक्टिभिटी परियोजनाहरुमा लगानी बढाउँदै लगेको छ । एकातिर उसले कनेक्टिभिटी परियोजनामा अरबौ लगानी गरिरहेको छ भने अर्काेतिर कोभिड सम्बन्धी सहयोग पनि बढाएको छ ।
भारतले श्रीलंकलाई मुद्रा विनियम सुविधाको लागि ४०० मिलियन अमेरिकी डलरको सहयोग गरेको छ भने माल्दीभ्सलाई पनि त्यही सहयोग गरेको छ ।
त्यसैगरी भारतले माल्दिभ्सलाई बजेटरी सपोर्ट समेत गरेको थियो । त्यसैगरी भारतले ग्रेटर माले कनेक्टिभिटी परियोजनाको लागि समेत सहयोग गरेको थियो । त्यसैगरी बंगलादेशलाई रेल र अन्य परियोजनाहरुको लागि समेत सहयोग गरेको छ ।
चीनको बीआरआईलाई काउन्टर गर्न भारतले पछिल्लो समयमा छिमेकी मुलुकहरुमा कनेक्टिभिटी परियोजनामा लगानी बढाएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


