प्रधानमन्त्रीद्वारा संवैधानिक परिषद्को बैठक आह्वान, अध्यादेश फिर्ता नभइ सकेकाले देउवा सहभागी नहुने
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार संवैधानिक परिषद्को बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष ओलीले बेलुकी ५ बजेका लागि परिषद्को बैठक बोलाउनुभएको हो ।
प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन तयार भएको भोलिपल्ट आज बैठक आह्वान गर्नुभएको हो । उहाँ अध्यादेश फिर्ता गर्न तयार भए पनि अध्यादेश फिर्ता भने भइसकेको छैन । सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठकलेसमेत अध्यादेश फिर्ता लिने निर्णय गरेको भए पनि अहिलेसम्म राष्ट्रपतिको कार्यालय शीतल निवासमा औपचारिक जानकारी गएको छैन ।
राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गर्नुभएको अध्यादेश फिर्ता गर्नेबारे कार्यालयमा कुनै औपचारिक जानकारी प्राप्त नभएको राष्ट्रपति कार्यलयका सचिव हरि पौडेलले उज्यालोलाई जानकारी दिनुभयो ।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने सहभागी नहुने हुनुभएको छ । बेलुकी ५ बजे बैठक बस्नेबारे जानकारी प्राप्त भएको तर अध्यादेश नै फिर्ता नभइ सकेकाले बैठकमा सहभागी नहुने सभापति देउवाको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश, विपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था रहेको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


