उखु किसानलाई एक हप्ताभित्र रकम दिलाउने व्यवस्था गर्न सरकारलाई निर्देशन
काठमाण्डौ , संसदीय समितिले उखु किसानलाई एक हप्ताभित्र रकम दिलाउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।बिहीबार बसेको प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले किसानले पाउन बाँकी भएको भुक्तानी एक हप्ताभित्र दिन र सबै एक पटक व्यवस्था गर्ने सम्भावना नभए पनि दिएको भुक्तानीबारेको कार्य प्रगति विवरण ९ गतेको बैठकमा बुझाउन निर्देशन दिएको समितिका सभापति विमलप्रसाद श्रीवास्तवले बताउनुभयो ।समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय तथा उद्योग र गृह मन्त्रालयलाई एक हप्ताभित्र किसानले पाउनुपर्ने रकम भुक्तानी गर्न निर्देशन दिएको हो ।
यस्तै बैठकले चिनी उद्योगमा कार्यरत श्रमिकको अवस्थाबारे पनि चासो राखेको छ । चिनी उद्योगमा कार्यरत श्रमिकले श्रमबापतको तलब पाएकोरनपाएको बारे समितिले चासो राखेको हो ।समितिले अबको १५ दिनभित्र श्रमिकले पाउनुपर्ने रकम पनि भुक्तानी गर्न र त्यसबारे समितिलाई जानकारी गराउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । लामो समयदेखि उखुको भुक्तानी नपाएपछि किसानले गएको आइतबारदेखि काठमाण्डौको माइतीघर मण्डलामा आन्दोलन गर्दै आएका छन् ।उनीहरूले झण्डै ९० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको बताउँदै आएका छन् । रकम नपाएसम्म घर नफर्किने किसानको अडान छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


