सिमाक्षेत्रमा खटिने सुरक्षाकर्मीलाई आधारभूत सूविधा दिन प्रतिबद्ध : मन्त्री केसी
चन्द्रौटा , सिमाक्षेत्रमा खटिने सुरक्षाकर्मीलाई आधारभूत सूविधा उपलब्ध गराउने काम पहिलो प्राथमिकतामा राखिएको लुम्विनी पदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले बताउनु भएकोछ । उहाले कपिलवस्तुको बिजयनगर गाउँपालिका ७ गणेशपुरमा रहेको ईलाका प्रहरी कार्यालय गणेशपुरमा भवन निर्माण स्थलको अनुगमन गर्दै सीमा क्षेत्र सँग जोडिएको क्षेत्रमा शान्ति सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।
लुम्बिनी प्रदेशको रु २ करोडको लागतमा निर्माण हुने भवनको काम यस वर्ष बाट सुरु हुने मन्त्री केसीले जनाउनुभयो । नागरिकहरु तिब्र विकासका आशामा रहेकोले बिजयनगर भविष्य उज्यालो रहेको बताउनुभयो । अन्य ठाउँका जग्गाहरु खण्डीकृत रहेपनि बिजयनगरमा भने एकिकृत रहेकोले यहाँ कृषिमा ठुला प्लान्टहरु संचालन गर्न सकिने बताउनुभयो ।
प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले धेरै पहिलो निर्माण भएको जिर्ण भवनबाट काम भइरहेकोले अब नया भवन निर्माण हुने बताउनुभयो । प्रदेश सरकारले शान्ति सुरक्षालाई प्राथमिकता दिएर काम गरेको उहाँले बताउनुभयो । बिजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापाले लामो समयदेखि पर्खाईमा रहेको प्रहरी कार्यालयको भवन बन्ने भएपछि खुसि व्यक्त गर्नुभयो ।
भारत सँगको सिमा क्षेत्रमा जोडिएको ईलाका प्रहरी कार्यालय गणेशपुरको भवन जिर्ण बनेको छ । प्रहरी कार्यालयको भवन जिर्ण बन्दा प्रहरीको सेवा प्रवाह तथा कामकाजमा समस्या रहेको छ । उक्त जिर्ण रहेको भवनलाई प्रहरी सुत्नको लागि प्रयोग गरिएको छ ।कार्यालयको पुर्व पट्टी रहेको उक्त भवनको गारो भत्किएको,छत वाट पानी चुहुने रहेकोले वर्षायातको समयमा अझ समस्या हुने गरको छ । प्रहरी भबन बन्ने भएपछि बस्नको लागि सहज हुने विश्वास छ ।मन्त्री केसीले बिहिवार नै ईलाका प्रहरी कार्यालय सुन्दरीडाडा,ईलाका प्रहरी कार्यालय कृष्णनगर,भन्सार कार्यालय कृष्णनगरको समेत निरिक्षण गर्नुभएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


