गल्फागाड बेलिब्रिजको काम सकियो, गाडी भने तत्काल सञ्चालनमा नआउने
हुम्ला – लकडाउनका कारण रोकिएको हुम्लाको अदानचुली गाउँपालिकाको गल्फागाडमा रहेको गल्फागाड बेलिब्रिजको काम सकिएको छ ।
गएको वर्षको माघदेखि सुरु भएको बेलिबिज्र निर्माणको काम नेपाली सेनाको कर्णाली काेरिडोर निर्माण कार्यदलले गरेको थियो । गल्फागाडमा बेलिब्रिज जडान सकिए पनि गाडी भने तत्काल सञ्चालनमा नआउने भएको नेपाली सेनाको सडक निर्माण दलका आयोजना प्रमुख मिलन कार्कीले बताउनुभयो ।
जडान सकिए पनि बेलिब्रिजको दुवैपट्टि रेम बनाउन झण्डै दुई हप्तादेखि एक महिनासम्म लाग्न सक्ने भएकाले गाडी भने तत्काल सञ्चालनमा नआउने उहाँको भनाइ छ । गल्फागाडको पुल निमार्ण सम्पन्न भएसँगै सर्केगाड गाउँपालिका, देशलगायत तुम्च वालुकुनासम्म जान सहज हुने भएको छ ।
यस्तै नेपाली सेनाले राष्ट्रिय गौरवको आयोजना कर्णाली कोरिडोरको हुम्ला सडकखण्डको आफूले जिम्मा लिएको काम ९० प्रतिशत सम्पन्न गरेको जनाएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


