इङ्ग्लिस प्रिमियर लिगमा चेल्सीद्वारा वेस्ट ह्याम ३-० गोलले पराजित
काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले वेस्ट ह्यामलाई ३-० गोलले पराजित गरेको छ । घरेलु मैदानमा गएराति भएको खेलमा चेल्सीले वेष्ट ह्याम युनाइटेडलाई पराजित गरेको हो ।
जितसँगै १४ खेलबाट २५ अंक जोडेको चेल्सी पाँचौं स्थानमा पुगेको छ । चेल्सीका लागि थिएगो सिल्भाले एक र ट्यामी अब्राहमले दुई गोल गरेका थिए । पराजित भएको वेष्ट ह्याम २१ अंकसहित दशौं स्थानमा छ । यस्तै गएराति नै भएको अर्को खेलमा बर्नलीले वुल्भ्सलाई २–१ ले पराजित गरेको छ ।
इङ्ग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा लिभरपुल ३१ अंकसहित शीर्ष स्थानमा रहेको छ भने २७ अंकसहित लेस्टर सिटी दोस्रो स्थानमा रहेको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


