शिवराज ३ मा न्यानो कपडा स्वीटर वितरण
केशव बेल्वासे, कपिलवस्तु
शिवराज नगरपालिका वडा नं ३ मा रहेको मदरसा दारुल उलुम कटुवामा अध्ययन गर्ने बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ । आज एक कार्यक्रमको आयोजना गर्दे विद्यालयमा अध्ययन गर्ने करिव १७६ जना विद्यार्थिहरुलाई जाडोमा लगाउने न्यानो कपडा स्वीटर वितरण गरीएको हो ।
शिवराज नगरपमलिका वडा नं ३ को सामाजिक विकास खर्च अन्तरगत शिवराज नगरपालिका वडा नं ३ भित्रका ६ वटा सामुदायिक विद्यालय र २ वटा मदरसामा अध्यान गर्ने कक्षा ५ सम्मका ८६१ जना बालबालिकाहरुलाई न्यानो कपडा स्वीटर वितरण गर्ने कार्यक्रम रहेको वडा अध्यक्ष टेकलाल सापकोटाले जानकारी दिनु भयो ।
जस्मा आज मदरसा दारुल उलुम कटुवामा वितरण गरीएको अध्यक्ष सापकोटाले बताउनु भयो । चिसो मौसम बढ्दो रहेको र विपन्न समुदायका बालबालिकाहरुलाई चिसोले असर नगरोस भन्ने उद्देश्यले उक्त कपडा वितरण गरिएको वडा अध्यक्ष सापकोटाले बताउनु भयो ।
विद्यायलको विकासमा आफु निरन्तर लागी परेको र मदरसामा अध्यान गर्ने बालबालिकाहरु पछाडि परेको बताउदै जाडोको समयमा यस कार्यले केहि टेवा पुग्ने बताउनु भयो । कार्यक्रममा वडा सदस्य, समाजसेवि, मदरसाका शिक्षक, अभिभावक लगायतको सहभागीता रहेको थियो ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


