नेकपाका ओली र प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दै
काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुवै पक्षको केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।
प्रचण्ड-नेपाल पक्षको बैठक बिहान साढे ११ बजे बबरमहलमा बस्नेछ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षको बैठक दिउँसो १ बजे बालुवाटारमा बस्ने तयारी छ । अस्ति मंगलबार नेकपाका दुवै पक्षको केन्द्रीय कमिटी बैठक बसेको थियो ।
ओली समूहले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गर्ने र पार्टी महाधिवेशन २०७८ साल मंसिर २ गते गर्ने निर्णय गरेको थियो । साथै पार्टी प्रवक्ता नाराणकाजी श्रेष्ठलाई हटाएर प्रवक्ताको जिम्मेवारी परराष्ट्रमन्त्री समेत रहनुभएका प्रदीप ज्ञवालीलाई दिइएको थियो ।
प्रचण्ड-माधव समूहले भने केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाएर माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउने निर्णय गरेको थियो । गएको आइतबार संसद विघटन भएपछि नेकपा दुई पक्षमा विभाजन भएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


