अझै पनि म कम्युनिस्ट एकताकै पक्षमा छु : प्रचण्ड
काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अझै पनि आफू कम्युनिस्ट एकताको पक्षमै रहेको बताउनुभएको छ । आफू सबैलाई मिलाएर एकताबद्ध बनाउने पक्षमै रहेकोले अझै पनि एकीकृत भएर अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।
बल्खुमा रहेको मदन भण्डारीको शालिकमा माल्यार्पण गर्दै उहाँले संसद् असंवैधानिक रूपले विघटन गरिएको बताउनुभयो । उहाँले अहिलेसम्मको उपलब्धि गुमाउने षड्यन्त्रको रूपमा संसद् विघटनको घोषणा भएको भन्दै त्यो षड्यन्त्र पूरा हुन नदिने बताउनुभयो ।
यसअघिको नेकपाको बैठकले मदननगरलाई विश्व कम्युनिस्ट आन्दोलनको अध्यनस्थल बनाउने निर्णयसहित नयाँ भवन बनाउने भनेको थियो । त्यही निर्णयअनुसार मदननगरमा नयाँ भवन बनाउने घोषणा गर्दै नेताहरू प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाललगायत मदननगर बल्खु पुगेका हुन् ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


