गदगद नेपाल, खुशी र सुखी नेपाली !
चुनावमा भोट माग्ने बेला कम्युनिष्टहरुले भनेका थिए-पाँच वर्षमै देशले कोल्टे फेर्छ ।

नेपाल समृद्ध हुन्छ, नागरिक सुखी र खुशी हुन्छन् । तर उनीहरुले भने अनुसार हेर्न र भोग्न पाँच वर्ष पनि पर्खनु परेन । कम्युनिष्टको सरकार बनेको तीन वर्ष पुग्दानपुग्दै देशले कोल्टे फेर्यो । सरकार र सरकार चलाउने पार्टीले कोल्टे फेर्यो । आमनागरिकको आशा र विश्वासले कोल्टे फेर्यो ।
अस्तिताकासम्म देश पहिले जस्तो थियो, उस्तै थियो । कहीँ कतै हलचल नभइ ठिङ्ग मात्रै । प्रतिनिधि सभा पनि ठिङ्ग । दुई जना पाइलट भएको पार्टी पनि ठिङ्ग । जे गर्न खोज्यो त्यही गर्न सक्ने बलियो सरकार पनि ठिङ्ग । मन्त्री पनि ठिङ्ग, सांसद पनि ठिङ्ग । सबै स्थिर । हलचल त के अलिअलि चलमल समेत गर्न सकेनन् । कोल्टे फेर्नै सकेनन् ।
तर एकाएक यी सबै ठाउँमा एकैपटक हलचल आयो । प्रतिनिधिसभा गर्ल्यामगुर्लुम ढल्यो । देश र नागरिकको लागि के के न गर्छौं भनेर दौरासुरुवाल लगाएर सरकारमा गएका मन्त्रीहरु राजीनामा दिएर रातारात मन्त्री निवासबाट हिँडे । झण्डै दुई तिहाइको सरकारमा पहिरो गयो, सरकारले कोल्टे फेर्यो । अब हामी कहिल्यै झगडा गर्दैनौं भनेर अंकमाल गर्दै एक भएका कम्युनिष्ट पार्टीका नेताहरु जम्बो जेटबाट एकाएक भुईंमा पछारिए । दुई पाइलटले दुईतिर मोडेपछि जम्बो जेट टुक्राटुक्रा भयो । दुई पाइलटले हाँकेको जेटले पनि कोल्टे फेर्यो ।
बसिरहेको ठाउँले कोल्टे फेरेपछि पूर्वप्रधानमन्त्री र मन्त्रीहरु चिल्ला कार र आरामदायी कुर्सी छोडेर सडकमा झरे । चिसो भुईंमा पलेँटी कसेर बसे । छँदाखाँदाको पद र सुविधा छोडेर वरिष्ठहरु सडकमा पुगे । उनीहरुको आसनले कोल्टे फेर्यो ।
सबैतिर सबैले कोल्टे फेर्न पर्ने गरी बालुवाटार र खुमलटारलाई अलग अलग केन्द्रबिन्दु भएर निस्केको जालझेल र षडयन्त्रको धक्काले अहिले प्रदेश, पालिका र गाउँका वडा वडासम्म परकम्प ल्यायो । देशभरीकै मान्छे जर्याकजुरुक भए, जुर्मुराए । अर्थात पुरै देशले कोल्टे फेर्यो । देशले कोल्टे फेर्न पाँच वर्ष त के, तीन वर्ष पनि लागेन । भोट माग्ने बेलामा कम्युनिष्टहरुले जे भनेका थिए, त्यही भयो । देशले कोल्टे फेरेसँगै नेपाल र नेपालीको अवस्थामा पनि आमूल परिवर्तन आयो । सुखी, खुशी, अनि समृद्ध नेपाल र नेपालीको नारा यथार्थमा परिणत भयो ।
अस्तिताकासम्म कोरोनाको चिन्ता थियो । खोप कसरी आउला भन्ने पिर थियो । कोरोना सर्ला कि भन्ने डर थियो । गास, बास र कपास कसरी जुटाउने भन्ने अलमल थियो । छटपटी र निराशा थियो । सबैका अनुहारबाट हाँसो हराएको थियो । हाँस्न गाईजात्राको दिनसम्मै पर्खनुपर्ने हो कि भन्ने पनि चिन्ता थियो । तर हाँस्न गाईजात्रा पर्खनै परेन । पुसमै गाईजात्रा हेरेर हाँस्न पाइयो । बालुवाटारमा गाईजात्रा, खुमलटारमा गाईजात्रा, माइतीघरमा गाईजात्रा । दिनदिनै घोचपेच र दाउपेचको रमाइलो प्रहसन !
डाक्टरहरु भन्छन्, हाँस्ने मान्छे स्वस्थ हुन्छ । अरु तरिकाले नागरिकलाई स्वस्थ बनाउन नसके पनि सरकार र नेताहरुले हँसाएरै भए पनि नागरिकको स्वास्थ्यलाई सबल राख्न जोड दिएका छन् । राजनीति नतातेको भए पुसमा योभन्दा बढी जाडो हुन्थ्यो । जाडोमा झन् कोरोनाको डर हुन्थ्यो । तर एकाएक राजनीति तात्यो, जाडो हरायो । हाँसोसँगै मन तातो भयो । नेताहरुको दौडधूप बाक्लिएपछि र राजनीति तातिएपछि कोरोना पनि बेपत्ता भयो ।
यति मात्र होइन अब धमाधम रोजगारी पनि खुलेको छ । गफको मेलो मिलेको छ । कम्युनिष्ट एकता, चुनाव, संसद पुनस्र्थापना, सूर्य चुनाव चिन्ह, निर्वाचन आयोग, अदालत, माइतीघरको पलेँटी, ओली, प्रचण्ड, नेपाल, वामदेव, बादल, देउवा कसको मात्रै कुरा गरेर भ्याउनु ? दिनरात कुरा गरेर पनि नसकिने कुरा मिलेको छ । अब मान्छेलाई दिन कटाउन सास्ती भएन । के काम गर्ने भनेर झोक्राउन पनि परेन । कुरा गर्ने कुरा पाइयो । हाँस्न पाइने मसला मिल्यो । हाँस्नु र कुरै गरेर दिन कटाउन पाउनु भनेको सुखी र खुशी हुनु हो ।
अहिले गफ गर्ने काम पाइएको छ ।अलि पछि चुनाव हुने छाँट आउन थाल्यो भने म्यादी प्रहरीमा भर्ना खुल्छ । हरेक दलका झण्डा बोक्ने र नारा भट्याउने काम पनि पाइन्छ । सित्तैमा खाजा र मासुभात खान पाइन्छ । काम भने काम, माम भने माम । कोरोनाले रुनु न हाँस्नु भएका नागरिकका लागि योभन्दा ठूलो अवसर के हुन सक्छ !
नेपाली मात्र होइन, नेपाल झन् बढी खुशी छन्, झन् धेरै दंग छन् । नपत्याए माधव नेपाललाई हेर्नुहोस् । पहिले दुई दुई ठाउँबाट चुनाव हारेर पनि प्रधानमन्त्री भएका थिए । अहिले महाधिवेशनमा हारेर पनि पार्टी अध्यक्ष हुन पाए । यसबीचमा ओलीले कहिल्यै अघि बढ्न दिएनन् । पेलेको पेल्यै गरे । पहिले एमालेमा छँदा पार्टी अध्यक्षमा हराए । पछि पार्टी एकता हुँदा झण्डै वरिष्ठबाट पनि मिल्काएका थिए ।
अध्यक्ष हुन पाउने त कहिले कहिले ? अहिले ओलीले देश र पार्टीलाई कोल्टे फेरिदिएपछि नेपालको भाग्य चम्कियो । गुमेको र ठेगान नभएको अध्यक्ष पद मिल्यो । त्यसैले नेपाल झन् धेरै खुशी र दंग छन् । नेपाल खुशी हुनु भनेको नेपाली खुशी हुनु हो, नेपाल समृद्ध हुनु हो ।
यसबीचमा रेल र तेल नआएर के भयो त ? अनेक खेल, जालझेल, बेमेल र संसद र पार्टी नै बगाउने भेल आयो । पानीजहाज नआएर के भयो ? पानीजहाज कार्यालय आयो । हुँदाहुँदै एकैपटक चुनाव आयो । हेर्दाहेर्दै चुनावी घोषणापत्र, नारा, भाषण, आश्वासन सुनेर त्यसैत्यसै गदगद हुन पाइने दिन पो आयो !
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


