च्याउँ फर्ममा आगलागी, ३३ लाखको क्षती
माधव बेल्बासे
कपिलवस्तु चन्द्रौटा,११ पुस
कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा रहेको सृष्टी च्याउँ फर्ममा आगलागी भएको छ । आज दिउँसो २ बजे लागेको आगोले फर्मका तिन वटा टहरा जलेर पूर्ण रुपमा नष्ट भएका छन् । उक्त टहरामा उत्पादन भएको ५ हजार किलो च्याउँ समेत खरानी भएको छ । आगालागी कारण रु ३३ लाख बराबरको क्षती भएको फर्मका संचालक श्यामराज सुवेदिले बताउनुभयो ।
“हामी काम गरिरहेका थियौ, टहरा नजिकै बालवालिका थिए, एक्कासी आगो दन्कीयो,आधा घण्टामै सखाप भयो, सुवेदीले भन्नुभयो, “छरछिमेकि र पानीको जाहो गर्दा गर्दै सबै च्याउ नष्ट भयो, । फुसको टहरा भएकोले स्थानिय तथा प्रहरी पुग्दा आगोले नष्ट गरिसकेको थियो । बिक्रिको लागि तयार भएको च्याउँ नष्ट भएपछि संचालक चिन्तीत भएका छन् । बालवालिकाहरु खेल्दै गर्दा आगो सल्किएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । घटना बारे थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक दिपेश खरेलले बताउनुभयो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


