इरान : हिमपहिराे र हिमआँधीमा परेर १० पर्वताराेहीकाे ज्यान गयाे
काठमाण्डाै – इरानमा हिमपहिरो र हिमआँधीमा परेर १० जना पर्वताराेहीको ज्यान गएको छ भने सात जना हराइरहेका छन् । ज्यान गुमाउनेमा डाक्टर, राजनीतिक विश्लेषक, पर्वताराेहीका गाइडलगायत रहेका स्थानीय सञ्चारमाध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
इरानको राजधानी तेहरानको एल्ब्रुज हिमशृङ्खलामा हिम पहिरो र हिम आँधी आएको खबरमा उल्लेख छ । पर्वतारोहण र स्की खेल्नका लागि निकै चर्चित यो हिमशृङ्खला पर्यटकको मुख्य आकर्षणमा पर्ने गरेको छ ।
बीबीसीका अनुसार पर्वतीय यात्रामा निस्किएका र स्की खेल्न गएकाहरू नै हिम पहिरो र हिम आँधीमा परेका हुन् । हिमपहिरो र आँधीमा फसेका १४ जनाको उद्धार भएको छ । हराइरहेका सात जनाको भने खोजी भइरहेको बीबीसीले जनाएको छ ।
पहिले नै खराब माैसम र सम्भावित हिमस्खनलकाे चेतावनी दिइएकाे थियाे ।
सामाजिक सञ्जालमा केही व्यक्तिहरूले पर्वताराेहीहरूले आराेहण गर्दा भर पर्ने जीपीएस प्रणालीमा खराबी आएकाे सूचना दिएका थिए । तर हिम आँधी र हिमपहिराेमा फसेकाहरू प्रभावित भएका थिएन कि थिएनन् भन्नेबारेमा स्पष्ट भइसकेकाे छैन ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…


