मनकामना केबलकार एक हप्ताका लागि बन्द हुने
गोरखा – मनकामना केबलकार एक हप्ताका लागि बन्द हुने भएको छ । केबलकारको नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले आउँदो १४ गते मङ्गलबारदेखि २० गते सोमबारसम्म सेवा बन्द हुने मनकामना दर्शन प्रालीले जनाएको छ । आउँदो २१ गतेदेखि भने सेवा सुरु हुने छ ।
कोरोनाको महामारीसँगै नौ महिना बन्द रहेको केबलकार गएको मङ्सिर २८ गतेदेखि फेरि सञ्चालनमा आएको थियो ।
भक्तजनको सङ्ख्या दिनहुँ बढे पनि मर्मत गर्नुपर्ने भएकाले अहिले एक हप्ताका लागि सेवा रोकेको मनकामना दर्शन प्रालीका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो ।
मनकामना केबलकारको सेवा बन्द रहे पनि मनकामना मन्दिर भने भक्तजनका लागि नियमित खुला नै रहने छ ।

-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


