रसियाका राजदूतले भेटे स्वास्थ्य मन्त्री त्रिपाठीलाई

रसियाका राजदूत अलेक्सई ए नोविकोवले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीलाई भेटेका छन्।


आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्दै राजदूतले मन्त्री त्रिपाठीलाई बधाइ दिएका थिए।

मन्त्रिपरिषदमा सदस्यहरू हेरफेर हुँदा हालै प्रधानमन्त्री ओलीले त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्वास्थ्यमा सारेका थिए।


भेटमा नेपाल र रसियाबीच ऐतिहासिक मित्र सम्बन्धलगायत विषयमा कुराकानी भएको त्रिपाठीको सचिवालयले जनाएको छ।

राजदूत नोविकोवले नेपाललाई कोरोनाविरूद्ध लडाइँमा सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका थिए।

TOP