चिनियाँ नाका बन्द हुँदा नेपालमा महँगी बढ्याे, स्याउ किन्ने आँट गर्नै गाह्राे !
काठमाण्डाै – छिमेकी देश चीनसँगको उत्तरी नाका बन्द हुँदा नेपालमा महँगी बढेको छ । फलफुल, लत्ताकपडालगायत मेसिनरी सामानको भाउ ह्वात्तै बढेको हाे ।
कोरोना भाइरसको जोखिम रहेको कारण देखाउँदै चीनले लामो समयदेखि नाका बन्द गरेको छ । स्वास्थ्य सामग्री ल्याउनका लागि बिरलै मात्र खुल्ने यो नाकाबाट कहिलेकाहीँ फाट्टफुट्ट अन्य सामग्री पनि भित्रने गरेको छ । तर त्यो पर्याप्त नहुँदा चीनबाट ल्याउने सामानको ढुवानी महँगो पर्न थालेको छ ।
चीनसँगको मुख्य नाका तातोपानी र केरुङ ठप्प हुँदा भारतको कोलकाता हुँदै सामग्री नेपाल ल्याउनुपर्ने बाध्यता छ । ढुवानीको लागत बढ्दा नेपालमा अहिले फलफुलको भाउ पनि आकासिएको छ ।
कोरोना भाइरसको जोखिमसँगै बजारमा स्याउको भाउ २५ देखि ३० प्रतिशले बढेको छ । सय रुपैयाँमा पाइने स्याउ अहिले खुद्रामा दुई सय ५० रुपैयाँसम्म पुगेको छ । ढुवानी खर्च पनि यही अनुपातमा बढेकाले भाउ बढेको नेपाल फलफुल थोक व्यवसायी सङ्घका कोषाध्यक्ष काशीराम सापकोटाले बताउनुभयो ।
नाकामा सहज आवागमन नहुँदा नेपाल आउने स्याउ चीनबाट भारतको कोलकातासम्म पानीजहाजमा ल्याइन्छ । त्यसपछि भारतीय गाडीमार्फत काँकडभित्ता र त्यहाँबाट नेपाली गाडीमार्फत स्याउ काठमाण्डौलगायत नेपाली बजारमा ल्याउने गरेको नेपाल फलफुल थोक व्यवसायी सङ्घका कोषाध्यक्ष काशीराम सापकोटाले बताउनुभयो । यसले गर्दा ढुवानी खर्च बढेको उहाँको तर्क छ ।
यस्तै पछिल्ला केही दिनयता पानीजहाजको भाडा पनि बढेकाले नेपाली बजारमा स्याउको भाउ अझै बढ्न सक्ने उहाँको अनुमान छ । आउँदो माघ महिनाको दोस्रो हप्तादेखि स्याउको भाउ अझै बढ्न सक्ने उहाँले बताउनुभयो ।
तातोपानी र केरुङ नाकाबाट सजिलै आवागमन हुँदा सस्तो जातका स्याउ नेपाल भित्रने गरेको थियो । तर नाका बन्द हुँदा छिटो खरिद बिक्री हुने सस्तो जातको स्याउ ल्याउन समस्या भएपछि लामो समयसम्म नबिग्रने गुणस्तरीय जातको स्याउ ल्याउँदा पनि महँगो पर्न गएको उहाँको भनाइ छ ।
स्वदेशी स्याउले बजार नपाउँदा र मागअनुसारको उत्पादन नहुँदा नेपालमा बर्सेनि सात– आठ अर्ब रुपैयाँ बराबरको स्याउ चीनबाट आयात हुँदै आएको छ । तातोपानी नाकाका भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीका अनुसार अहिले यो नाकाबाट १०–१५ वटा कन्टेनर नेपाल आइरहेका छन् । तर यी कन्टेनरमा फलफुललगायत नयाँ सामानभन्दा पनि बाटोमा अलपत्र परेका पुरानै सामान आउने गरेका छन् ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


