जंगलको रुख भित्र ३ थान बन्दुक फेला परे
दाङ । दङमा जंगलमा लुकाईका ३ थान बन्दुक फेला परेका छन् । जंगलमा लुकाइछिपाई राखेको तीन वटा भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ४ स्थित गादिबरा सामुदायिक वनमा साजको रुखको प्वालभित्र लुकाई राखेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले तीन वटा भरुवा बन्दुक बरामद गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरिक्षक शिव बहादुर सिंहले जानकारी दिए ।
प्रमुख सिंहका अनुसार सो बन्दुक कसले र किन राखेको हो भन्ने विषयमा थप अनुसन्धान भईरहेको छ । साथै उनले केही दिन अगाडी तुलसीपुर उपमहानगरपालिका वडा नं १३ को फुलबारीमा शिकार खेल्ने क्रममा एक व्यक्तिको बन्दुकको गोली लागेर मृत्यु भएपछि हातहतियार खोजिको अभियान चलाउदा बन्दुक घरमा नल्याएर जंगलमा नै लुकाउने गरेको बुझिएको प्रहरीले बताएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


