कृष्णनगरको लिङ्कगेटबाट ४० किलो मटरको दाल बरामद

कपिलवस्तु । 
कपिलवस्तुको कृष्णनगरमा बुधवार ४० किलो मटरको दाल प्रहरीले बरामद गरेको छ । तस्करहरुले लिङ्कगेटस्थित पछ्यौरीमा लुकाईछिपाई नेपालबाट भारततर्फ लैजाने क्रममा ४० किलो मटरको दाल बरामद गरेको हो ।

अस्थायी प्रहरी पोष्ट सुरक्षा जाँच चौकीका प्रहरी नायब निरिक्षक रेशम बहादुर जिसीको कमाण्डमा खटिएको टोलीले मटरको दाल पक्राउ गरी बरामद गरेको थियो । 


बरामद गरिएको मटरको दाल कृष्णनगर भन्सार कार्यालयमा पठाइएको उहाँले बताउनुभयो ।  

TOP