१८ वर्षीय डियालो एटलान्टाबाट म्यानचेस्टर युनाइटेडमा अनुबन्धित
काठमाण्डौ – इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युवा विंगर अमद डियालोलाई अनुबन्धित गरेको छ ।
युनाइटेडले इटालियन क्लब एटलान्टाबाट १८ वर्षीय विंगर डियालोलाई अनुबन्ध गरेको हो । आइभरी कोस्टका विंगरसँग युनाइटेडले साढे चार वर्षको सम्झौता गरेको छ ।
सम्झौतासँगै डियालो सन् २०२५ को जुनसम्म युनाइटेडमा रहने छन् । यस्तै डियालोलाई युनाइटेडले थप एक वर्ष सम्झौता थपको विकल्प समेत दिएको छ ।
डियालोले एटलान्टाको सिनियर टिमबाट ५ खेल खेलिसकेका छन् । उनले एक गोलसमेत गरेका छन् । गएकाे वर्ष सिनियर टिममा डेब्यु गरेका उनी उमेर समूहको टिमका मुख्य खेलाडी हुन् ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…


