‘प्रचण्ड लाटोकोसेरो हुन्, दिउसो आँखा देख्दैनन्’ – केपी शर्मा ओली
धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले धनगढी पुगेर नेता पुष्पकमल दाहालमाथि कटाक्ष गरेका छन् । उनलाई ओलीले लाटोकोसेरो भनेका छन् । सरकारका काम नदेखेकोले उनलाई ओलीले लाटोकासेरो भनेका हुन् ।
ओली पक्षीय नेकपाले आयोजना गरेको जनसभामा बोल्दै प्रधानमन्त्री ओलीले भने, प्रचण्डलाई पनि काम लाग्छ कि भनेर पार्टीमा ल्याएको र लाटोकोसेराले घाम लागेको बेला देख्न नसकेजस्तै सरकारले काम थालेको देख्न नसकेर प्रचण्ड गए ।
भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाः कुनै पनि हालतमा पुनःस्थापना नहुने भन्दै देश चुनावमा गइसकेको बताउँदै ओलीले वैशाख १७ र २७ मा निर्वाचन भएरै छाड्ने बताए ।
उनले आफू ६४ प्रतिशतको प्रधानमन्त्री हुँदा संसद विघटन गरेर ताजा जनादेशका लागि निर्वाचनको घोषणा गरेको भन्दै कुनै पनि हलतमा पुनःस्थापना नहुने उनले दावी गरेका हुन् ।
‘६४ प्रतिशतको प्रधानमन्त्रीलाई देशका लागि काम गर्न दिएनन् । त्यसैले ताजा जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरेको हुँ,’ उनले अगाडी भने, ‘अब प्रतिनिधि सभा पुनःस्थापना हुने अर्को विकल्प छैन । अर्को विकल्प भनेको चुनावपछि आउने प्रतिनिधि सभा नै हो ।’
उनले निर्वाचनका लागि वैशाख १७ र २७ गरी दुई वटा मिति घोषणा भइसकेको बताउँदै सोही मितिमा चुनाव गराउनका लागि निर्वाचन आयोग तयारीमा लागिसकेको जानकारी दिए ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


