आजकाे माैसम सामान्यतया सफा
काठमाण्डौ – पश्चिमी वायुको प्रभाव कमजोर बनेसँगै देशका धेरैजसो ठाउँको मौसम सफा भएको छ ।
अहिले प्रदेश १ का केही ठाउँमा बादल र तराईमा कुहिरो लागेको तथा बाँकी ठाउँको मौसम सफा रहेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।
तराइमा लागेको हुस्सु तथा कुहिरो दिउँसो पखबाट हट्ने पनि उहाँले बताउनुभयो । सामान्य बादल लागेको प्रदेश १ मा पनि पानी पर्ने सम्भावना भने नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तत्काल मौसमी प्रणाली विकास नभएकाले आउँदो तीन दिन मौसम सामान्यतया सफा रहने मौसमविद् अर्यालले बताउनुभयो । यसैबीच आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम चार दशमलव पाँच डिग्री सेल्सियस मापन भएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


