नेकपा कृष्णनगरमा अगुवा कार्यक्रर्तालाई प्रशिक्षण ओलीलाई सच्याउन आन्दोलन ः केन्द्रिय सदस्य न्यौपाने
कपिलवस्तु,२५ पुस
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य गिरिधारीलाल न्यौपानेले प्रधानमन्त्रीको असंवैधानिक कदमकै कारण आन्दोलन गर्नुपर्ने अवस्था आएको बताउनुभयो । नेपाली जनताले दिएको बहुमतलाई कदर नगरी मनोमानी ढंगले काम गरेपछी ओलीलाई सच्याउन आन्दोलन गर्ने अबस्था सिर्जना भएको उहाँले बताउनुभयो ।
कपिलवस्तुको कृष्णनगरमा आयोजित नगर स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता न्यौपानेले प्रधान्मन्त्रीले लोकतन्त्र,संविधान बिरोधी काम गर्न थालेपछी आफैले बनाएको सरकार विरुद्ध लाग्नुपर्ने अवस्था आएको बताउनुभयो ।
जनताले काम गर्न भनि ५ वर्षको लागि मत दिएको भएपनि जनताको मतलाई लत्याएर संविधानमै नभएको संसद बिघटन गरेर जनतालाई धोका दिएको बताउनुभयो । नेकपामा मात्र नभई मुलुकमा धेरै राजनितिक दलहरु सडकमा उत्रिएको बताउँदै जनताले बिकास खोजेकोले विकास गर्नुको सट्टा लोकतन्त्रलाई धरापमा पर्ने काम गरेको आरोप लगाउनुभयो ।
भेलालाई सम्बोधन गर्दै नेकपा नेता तथा प्रदेश सांसद विष्णु पन्थीले केपी ओलीको असंवैधानिक कदम विरुद्ध सिंगो राष्ट्र एकजुट बन्दै गएको दाबी गर्नुभयो । पूर्वप्रधान्याधिसहरुले बिज्ञाप्ती निकालेर गैरसवैधानीक भनिरहेको अवस्थामा अब न्यायलयले न्यान दिने आशामा आफुहरु रहेको बताउनुभयो ।अन्य मुलुकहरुले कोरोनाको भ्यक्सीन लिएर लगाइरहेको बेला हाम्रो देशमा प्रधानमन्त्रीलाई गुटको राजनिति गर्न भ्याइनभ्याइ रहेको बताउनुभयो ।
सबै अगुवा कार्यकर्ताहरु एकमतका साथ जनतामा ओली प्रवृत्ति र संविधानमै नभएको व्यवस्था विरुद्ध जान आग्रह गर्नुभयो । प्रदेश सचिवालय सदस्य रुद्रलाल बन्जाडेले सरकारले काम गर्न नसकेपछि काम गर्न दिइएन भन्ने आरोप लगाएको बताउनुभयो । प्रधानमन्त्रीले सबै आफ्नो मनमर्जिले गरिरहे पनि काम गर्न दिइएन भन्नु काम गलत रहेको बताउनुभयो ।भेलाको अध्यक्षता नगर अध्यक्ष जावेद आलम खाँ तथा संचालन शिवराज नगरकमिटि सचिवालय सदस्य चिन्ता परियारले गर्नुभएको थियो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


