भारतले रिहा गर्याे लद्दाखमा पक्राउ परेका एक चिनियाँ सैनिक
काठमाण्डाै – भारत र चीनबीचकाे विवादित सीमा लद्दाखमा पक्राउ परेका एक चिनियाँ सैनिकलाई भारतले रिहा गरिदिएको छ ।
गएको शुक्रबार वास्तविक नियन्त्रण रेखा (एलओसी) मा प्रवेश गरेका चिनियाँ जनमुक्ति सेनाका एक जवानलाई भारतीय सैनिकले पक्राउ गरेका थिए । उनलाई साेमबार सकुशल रिहा गरिदिएको भारतीय सैनिकलाई उद्धृत गर्दै नवभारत टाइम्सले जनाएको छ ।
सीमा क्षेत्रमा शान्ति कायम गर्न भारत प्रतिबद्ध रहेकाले पक्राउ परेका चिनियाँ सैनिकलाई रिहा गरिएको भारतले जनाएको छ । भारतले गलत नियतका साथ चिनियाँ सैनिक वास्तविक नियन्त्रण रेखामा प्रवेश गरेको आरोप लगाएको छ भने चीनले रातको समयमा बाटो बिर्सेर आफ्ना सैनिक दशगजा क्षेत्रमा पुगेको दाबी गरेको छ ।
यसअघि गएको अक्टोबरमा पनि पूर्वी लद्दाख क्षेत्रमा पनि चिनियाँ सैनिक एलओसीमा प्रवेश गरेपछि भारतीय सैनिकले पक्राउ गरेका थिए ।
गएको मे महिनामा चिनियाँ सैनिकको आक्रमणमा २० जना भारतीय सैनिकको ज्यान गएपछि सीमा क्षेत्र लद्दाखमा तनाव उत्पन्न हुँदै आएको छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


