नवनियुक्त स्वास्थ्यमन्त्री त्रिपाठीले गरे ५ जना निर्देशकको जिम्मेवारी हेरफेर
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले विभाग र अस्पतालका गरी पाँचजना निर्देशकको जिम्मेवारी हेरफेर गरेका छन्।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आइतबार मन्त्रीस्तरीय निर्णयबाट निर्देशकहरूको जिम्मेवारी हेरफेर गरिएको हो।
कान्ति बाल अस्पतालका निर्देशक डा. कृष्णप्रसाद पौडेललाई स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा ल्याइएको उनले बताए। त्यसैगरी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेलाई स्वास्थ्य मन्त्रालय तानिएको छ।
बालरोग विषेशज्ञ डा. आरपी बिच्छालाई कान्ति बाल अस्पतालको पुन: जिम्मेवारी दिइएको छ।
स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखाकाे जिम्मेवारी डा. मदन उपाध्यायलाई दिइएको छ । डा. रमेश खरेलला विभाग अन्तर्गत रहने गरी जिम्मेवारी तोकिएको छ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


