क्यापिटल हिंसा अघिको आफ्नो भाषण उपयुक्त रहेको ट्रम्पको भनाइ
काठमाण्डाै – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको हप्ता अमेरिकी सदनमा भएको हिंसा अघि आफूले गरेको सम्बोधन उपयुक्त भएको बताउनुभएको छ ।
पाँचजनाको ज्यान गएको र कम्तीमा ६० जना प्रहरीसहित अरु धेरै मानिस घाइते भएको क्यापिटल भवनको हिंसापछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखा परेका राष्ट्रपति ट्रम्पले आफ्नो भनाइ गलत नभएको दाबी गरेका बीबीसीले जनाएको छ । हिंसा अघि जनवरी ६ मा वासिङ्टनमा भएको कार्यक्रममा राष्ट्रपति ट्रम्पले संसदतर्फ मार्च गर्न समर्थकहरुलाई आग्रह गर्नुभएको थियो ।
ट्रम्पको त्यही भाषणको कारण हिंसा भड्किएको भन्दै डेमोक्र्याट्सहरुले औपचारिक रुपमा महाअभियोग लगाउन सुरु गरिसकेपछि आफ्नो भनाइ सार्वजनिक गरेका ट्रम्पले महाअभियोग लगाउन गरेको प्रयासलाई हाँस्यास्पद भन्नुभएको छ ।
यही जनवरी २० तारिखमा जो बाइडेनले राष्ट्रपति पदको सपथ लिएपछि ट्रम्पले ह्वाइटहाउस छाड्दै हुनुहुन्छ । तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा आज ट्रम्पमाथि महाभियोग लगाउने प्रस्तावमा मतदान हुन सक्ने खबरमा उल्लेख छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


