दिल्लीमा आउँदो सोमबारदेखि विद्यालय खुल्ने
काठमाण्डाै – भारतको दिल्लीमा आउँदो हप्तादेखि विद्यालय खुल्ने भएको छ । त्यहाँको सरकारले अर्को हप्तादेखि विद्यालयमा अध्ययन/अध्यापन सुरु गराउने निर्णय गरेको हो ।
भारतको केन्द्रीय राजधानीसमेत रहेको दिल्ली प्रदेशमा बोर्ड परीक्षालाई मध्यनजर गर्दै विद्यालयहरू खोल्ने निर्णय गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अहिले कक्षा १० र १२ को मात्रै पढाइ गर्ने निर्णय भएको छ । अन्य कक्षाको बारेमा केही जानकारी दिइएको छैन ।
विद्यार्थीलाई विद्यालय पठाउने वा नपठाउने बारेमा अभिभावकले नै निर्णय गर्न पाउने र विद्यालय पठाउनै पर्ने अनिवार्य नगरिएको पनि अधिकारीहरूले बताएका छन् । विद्यालय आएका र नआएका विद्यार्थीहरूका बीचमा विद्यालयले कुनै भेदभाव नगर्ने पनि सरकारी अधिकारीहरूले बताएका छन् ।
उनीहरुकाअनुसार आउँदो १८ तारिख अर्थात आउँदो सोमबारदेखि विद्यालय खुलाउने तयारी छ । दिल्लीका विद्यालयमा सन् २०२० को मार्चदेखि पठनपाठन ठप्प छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन थालेपछि बन्द गरिएका विद्यालयहरू अहिले वार्षिक परीक्षालाई मध्यनजर गर्दै खोल्न लागिएको हो ।
दिल्ली सरकारले भने अहिले परीक्षाको तयारी र अभ्यास कार्यका लागि मात्रै विद्यार्थीहरूलाई विद्यालय बोलाउन लागिएको स्पष्ट पारेको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


