२१ सय ग्यास सिलिन्डर नष्ट
बुटवल, माघ १ । व्यापक जनगुनासो आयसँगै त्रिशूल ग्यास प्रालिले गुणस्तरहिन पुरानो सिलिण्डर नष्ट गर्न शुरु गरेको छ । गुणस्तरहिन पुरानो सिलिन्डर नष्ट भएस“गै अब उपभोक्ताले मूल्य अनुसारको तौलको सिलिन्डर पाउने भएका छन् ।
यस्तै अन्य कम्पनीका पनि गुणस्तरहिन पुरानो सिलिन्डर नष्ट गर्नुपर्ने देखिएको छ। एभरेष्ट ग्यास समूहअन्तर्गतका उद्योगमा म्याद नाघेको, प्वाल परेको, हाइड्रो टेष्टमा फेल भएका र बिग्रिएका गुणस्तरहिन सिलिन्डरहरु नष्ट गर्न शुरू गरिएको त्रिशूल ग्यास प्रालिका व्यवस्थापक देवीप्रसाद भुसालले बताए ।
सात प्रदेशमा रहेका सातवटै कम्पनीमध्ये पुस महिनाभित्र प्रिमा ग्यास उद्योगले ६९० थान, सुगम ग्यास उद्योग खानीखोला धादिङले ४०५ थान, एभरेष्ट ग्यास उद्योग काठमाडौंले ६९० थान र त्रिशूल ग्यास प्रालि रुपन्देहीले ३६३ थान गरी प्रथम चरणमा २ हजार १ सय ३३ थान सिलिण्डर नष्ट गरिने भुसालले जनाए । नेपाल समाचारपत्र दैनिकबाट
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


