बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएपछि भागेका तीन जना पक्राउ
काठमाण्डौ – उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा दोषी ठहर गरेपछि भागेका विभिन्न ठाउँका तीन जना पक्राउ परेका छन् ।
चितवनको भरतपुर महानगरपालिका १४ का रामबहादुर अधिकारी, काठमाण्डाैकाे चन्द्रागिरि नगरपालिका २ का सुवास थापा र गोरखाको गण्डकी गाउँपालिका २ का विष्णु अंगाई पक्राउ परेका केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ । पक्राउ परेकाहरूलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित जिल्ला अदालतमा पठाइएको छ ।
नबिल बैंक, सनराइज बैंक, लक्ष्मी बैंक र राष्ट्रिय वाणिज्य बैंकका विभिन्न रकमका खाली चेक दिएर बैंकिङ कसुर गरेको उनीहरूमाथि आरोप छ । उच्च अदालत पाटनले चितवनका अधिकारीलाई दुई करोड ३२ लाख रुपैयाँ जरिबानासहित ५५ दिन कैद फैसला गरेको थियो ।
यस्तै काठमाण्डाैका चन्द्रागिरि नगरपालिकाका थापालाई ५९ लाख ७९ हजार रुपैयाँ जरिबानासहित १७ दिनको कैद फैसला भएको थियो भने गोरखाका अंगाईलाई १० लाख रुपैयाँसहित एक महिना कैद फैसला भएको थियो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


