अशोक लेलैण्डको मेघा विन्टर सर्भिस क्याम्प सुरु, पार्टस र लुब्रिकेन्टमा आकर्षक छुट
काठमाण्डाै – आइएमई ग्रुप अन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवर्द्धित अशोक लेलैण्डले ‘मेघा विन्टर सर्भिस क्याम्प’काे याेजना ल्याएकाे छ ।
आइएमईले देशैभरि आफ्ना १३ सर्भिस सेन्टरहरुमा लागू हुनेगरी आजबाट सर्भिस क्याम्पकाे याेजना ल्याएकाे हाे ।
यस योजनाअन्तर्गत ग्राहकहरुलाई केन्द्रीत गर्दै पार्टस र लुब्रिकेन्टमा ८% छुट, लेबर चार्जमा ३०% छुटका साथसाथै ४५ पोइन्ट फ्रि चेकअप पनि उपलब्ध हुने कम्पनीले जनाएको छ । यस सर्भिस क्याम्पको दौरान ग्राहकले विभिन्न आकर्षक उपहार साथै ड्राइभरहरुले सुरक्षित ड्राइभिङ्गसम्बन्धी जानकारी लिन सक्ने छन् ।
यो सर्भिस क्याम्पको अफरहरु आशेक लेलैण्डका बस, ट्रक, ट्रिपर तथा साना कमर्सियल भेहिकलका कुनै पनि मोडलका गाडीहरुमा लागू हुने छ । यो क्याम्पिङमा ग्राहकले अशोक लेलैण्डका नेपालभरि रहेका जुनसुकै सर्भिस सेन्टरमा गएर प्राप्त गर्न सक्ने छन् भने डिस्काउन्ट कुपन प्राप्त गर्न सक्ने छन् ।
‘सुरक्षित गाडीका लागि जेन्युअन पार्टस् प्रयोग गरौँ ‘ भन्ने नाराका साथ सुरु भएको यस योजना माघ ४ गतेदेखि १५ गतेसम्म मात्र लागू हुने छ । आइएमई मोटर्सले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र साथसाथै यस योजनामार्फत पनि ग्राहकहरुलाई विभिन्न सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ ।
देशभर विभिन्न पार्टस तथा सर्भिस आउटलेटबाट ग्राहकहरुमा सेवा प्रदान गर्न सफल मात्र नभएर गाडीहरुलाई चाहिने सर्भिस र स्पेयर पार्टस् सप्लाई पनि प्रयाप्त मात्रामा गर्दै आएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


