नेपालकै दोस्रो लामो पक्की पुल : प्रचण्डद्वारा शिलान्यास, ओलीले उद्घाटन गर्ने
दाङ – लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङकाे देउखुरीको राप्ती नदीमा बनेको पक्की पुलको उद्घाटन माघ १२ गते हुने भएको छ । राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने नेपालकै दोस्रो लामो पक्की पुलको उद्घाटन माघ १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले जानकारी दिनुभयो ।
झण्डै एक वर्षअघि निर्माण सम्पन्न भएको पुलको उद्घाटन प्रधानमन्त्री ओलीले गर्नुहुने भएको हाे । याे पुल पूर्वनिर्धारित समयभन्दा चार महिना अगाडि नै निर्माण सम्पन्न भएको थियो । यो पुलको लम्बाइ ८ सय ६० मिटर र चौडाइ साढे १० मिटर छ ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०७३ मङ्सिर २२ गते पुलको शिलान्यास गर्नुभएको थियो । झण्डै एक अर्ब रुपैयाँ लागतको यो पुल चार वर्षभित्र बनाइ सक्ने सम्झौता भएको थियो ।
पुल नहुँदा सिसहनियाँ–महदेवा वारि–पारि गर्न वर्षायाममा उर्लिएको भेलमा जोखिमपूर्ण तरिकाले डुङ्गा तर्नुपर्थ्याे । राप्ती नदीमा पुल निर्माण भएसँगै यात्रा गर्न सहज भएको स्थानीयले बताएका छन् । पुल निर्माणबाट साविकको गोबरडिहा गाविस र साविकको सिसहनियाँ क्षेत्रका बासिन्दा लाभान्वित भएका छन् ।
याे पुल पर्यटकीय गन्तव्यकाे रूपमा विकास भएको छ । दाङबाट मात्रै नभएर बाहिरी जिल्लाबाट समेत यहाँ पर्यटक आउने गरेका छन् । पहिले गढवा गाउँपालिकाअन्तर्गत पर्ने राप्तीपारिको क्षेत्रबाट वारि आउँदा कालाकाटे–भालुवाङ हुँदै झण्डै डेढ घण्टाको सवारी यात्रा गर्नुपर्ने अवस्था थियो, अहिले पुल निर्माण भएसँगै १५ मिनेटभित्रै वारपार गर्न सकिने भएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


