घरमै बसेर खेतीबाली तथा कृषि उद्यमबारे नि:शुल्क सल्लाह लिन सकिने ‘किसान कल सेन्टर ११३५’
काठमाण्डौ – काठमाण्डौको धर्मस्थलीकी गौरी अर्यालले तरकारी खेती गर्नुभएको छ ।
उहाँको बारीमा काउली, बन्दा, मुला, सागलगायत तरकारी छ । तर उत्पादन लिने बेलामा रोग देखिएपछि चिन्तामा परेकी अर्यालले ११३५ नम्बरमा फोन गरेर समस्या राख्नुभयो । काउली तथा मुलाको फेदमा गाँठा आएर फसल राम्रो भएन कसो गरौं ? उहाँले सोध्नुभयो ।
अर्यालको समस्या सुनेपछि नेपाल कृषि अनुसन्धान परिषद् नार्कका किटविज्ञ सुदीप उपाध्यायले तत्काल समाधानका उपायहरु बताउनुभयो । काउली, बन्दा, मुला एकै ठाउँमा धेरै पटक लगाउँदा गाँठे रोग लाग्ने भएकाले सकेसम्म बालीचक्र अर्थात् एकै ठाउँमा वर्षेनि एउटै बाली नलगाउन र फरक-फरक बाली लगाउने अभ्यास गर्न सुझाव दिनुभयो । त्यसका लागि लसुन, प्याज, धनियाँ पनि लगाउन सकिने उपाध्यायले बताउनुभयो ।
त्यस्तै पाल्पाको रामपुरका ज्ञानेन्द्र पाण्डेले आलुखेती गर्नुभएको छ । उहाँले यसअघि पनि नार्कका वैज्ञानिकसँग सल्लाह लिएर आलु लगाउनुभएको थियो । रोप्दै गर्दा पिना राखेको आलुमा अहिले दाना लाग्ने बेलामा ढुसी देखिएको छ ।
ढुसीले आलुको उत्पादनमा फरक पार्ने पो हो की ! भनेर फेरि कल सेन्टरमा फोन गरी सोधपुछ गर्नुभयो । कल सेन्टरमा रहेका विज्ञको टोलीले पिनाबाट निस्केको ढुसीले क्षति नगर्ने भएकाले ढुक्क हुन सुझाव दिए ।
अर्का किसान धादिङको गल्छी गाउँपालिका वडा नम्बर १ का कुमार खतिवडालाई केरा खेती गरी आम्दानी लिन सकिन्छ की भन्ने लागेको छ । धेरै ठाउँमा सोधिखोजी गरेका खतिवडाले गएको सोमबार नार्कको किसान कल सेन्टरमा फोन गर्नुभयो ।
उहाँले सोध्नुभयो,‘मैले केरा केरा खेती गर्न आँटेको त्यसका लागि जग्गा जोडिएका साँधसधियारको सहमती लिनु पर्छ की पर्दैन ? कति जग्गा छोडेर लगाउनुपर्छ होला ? खतिवडाको जिज्ञासाबारे विज्ञ टोलीले छलफल गर्यो अनि साँध जोडिएको छिमेकीलाई असर नपर्ने अर्थात् छायाँ नपर्ने गरी केरा खेती गर्न र सकेसम्म फर्म दर्ता गरी खेती सुरु गर्दा राम्रो हुने सल्लाह दियो ।
हरेक हप्ताको सोमबार दुई घण्टा सोझै कुराकानी
ललितपुर खुमलटारमा रहेको नार्कको कार्यालयमा हरेक सोमबार दिउँसो २ देखि ४ बजेसम्म किसान कल सेन्टर सञ्चालन हुँदै आएको छ । धान, गहुँ, मकै बाली, माटोविज्ञ, पशु स्वास्थ्यका विज्ञ, किट विज्ञ, तरकारी खेती, घाँसबालीसहित झण्डै १० जना विज्ञको टोली हरेक हप्ताको सोमबार ‘किसान कल सेन्टर’मा बस्ने गरेका छन् ।
कल सेन्टर सञ्चालन भएको झण्डै तीन वर्ष भयो । नार्कले २०७४ चैतमा सुरु गरेको कल सेन्टरमा पछिल्लो समय किसानको सहभागिता बढ्दै गएको छ । नार्कको किसान कल सेन्टर ११३५ मा फोन गरेर नि:शुल्क रुपमा नै विज्ञको सल्लाह, सुझाव पाउन सकिने भएकाले खेतीबाली, पशुपालन तथा नयाँ उद्यमबारे आवश्यक जानकारी लिन सकिन्छ ।
नयाँ कृषि उद्यम तथा व्यवसायबारे पनि जानकारी लिन सकिने
किसानले धान, गहुँ, मकै जस्ता खेतीबाली, बीउबिजन, तरकारी खेती, कुखुरा तथा गाईभैँसी, भेडाबाख्रा पालन, घाँसबाली, मलखाद, रोगकिरा, कृषि प्रविधि तथा कृषि यान्त्रिकीकरणका विषयमा विज्ञसँग दोहोरो कुराकानी गर्न सक्छन् ।
साथै कसैले नयाँ कृषि व्यवसाय सुरु गर्नुभन्दा अगाडि आवश्यक जानकारी कसरी सुरु गर्ने, दर्ता कहाँ गर्ने, कस्तो बीउ तथा हावापानी छनौट गर्ने जस्ता जिज्ञासालाई पनि समेट्ने गरेको नार्क अन्तर्गत राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रले जनाएको छ ।
कहिलेकाहीँ किसानले राखेका समस्या या जिज्ञासालाई तत्काल समाधान दिन नसके प्रश्न टिपेर सम्बन्धित विज्ञसँग छलफल गरेपछि फोन गरेर पनि समाधानका उपायहरु दिने गरेको नेपाल कृषि अनुसन्धान परिषद् नार्क अन्तर्गत राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका निमित्त प्रमुख जीवन लामिछाने बताउनुहुन्छ ।
दुई घण्टामा धेरैभन्दा धेरै किसानलाई समेट्ने गरेको र एक जनालाई बढीमा १० मिनेटको समय छुट्टाएको पनि उहाँको भनाइ छ । ‘हरेक हप्ता सोमबार छुट्याएको दुई घण्टामा २५ देखि ३० जनासम्म किसानका समस्या र जिज्ञासा समेट्ने गरिएको छ’ केन्द्रका निमित्त प्रमुख लामिछानेले भन्नुभयो,‘यसका साथै किसानलाई समस्या पर्दा घरमै बसेर जुनसुकै बेला पनि कल गर्न सक्नुहुन्छ । अरु बेला आएका ती कल मिसकलका रुपमा बसेका हुन्छन् । सकेसम्म ती कलहरुलाई हेरेर पनि समेट्ने प्रयास गरेका छौँ।’
किसानले कल सेन्टरमा राख्ने रोगकिरा, बालीको अवस्था जस्ता विषयहरु विज्ञको टोलीले अन्दाजकै भरमा निवारण गर्दै आएको छ । अबका दिनमा कल सेन्टरमा आउने फोनको भरमा मात्रै नभएर भिडियो कलबाटै समाधान खोज्ने गरी प्रविधि विस्तार गर्ने योजना रहेको केन्द्रका निमित्त प्रमुख लामिछानेले बताउनुभयो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


