प्रधानमन्त्री कप : आर्मी र एपीएफ तथा पुलिस र प्रदेश-२ खेल्दै
काठमाण्डाै – प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेटमा आज पनि दुई खेल हुँदैछन् ।
कीर्तिपुर मैदानमा सेमिफाइनल खेलमा विभागीय टिम त्रिभुवन आर्मी र एपीएफ क्लब खेल्दैछन् ।
समूह ‘ए’ मा रहेका आर्मी र एपीएफले अहिलेसम्म तीन खेल खेलेकोमा जित निकालेका छन् ।
आज हार्ने टोलीले वाग्मतीसँग फाइनल पुग्न प्रतिस्पर्धा गर्नेछ । त्यस्तै बिहान ९ बजे मुलपानी मैदानमा हुने अर्को खेलमा नेपाल पुलिस क्लब र प्रदेश-२ खेल्दैछन् । समूहमा ‘बी’ मा रहेको पुलिसले तीन खेल खेलेकामा दुई खेल जितेको छ भने एकमा हार व्यहोरेको छ ।
तीन खेल खेलेको प्रदेश-२ ले एउटा पनि खेल जितेको छैन । प्रदेश-२ प्रतियोगिताबाट बाहिरिसकेको छ । यसअघि हिजो भएको खेलमा बराबरी खेल्दै वाग्मती र लुम्बिनीले अंक बाँडेका छन् । वाग्मतीले चार खेलमा सात अंक जोडेको छ ।
पाँच अंक जोडेको लुम्बिनीले भने अन्तिम चारमा स्थान बनाउन पुलिस र प्रदेश-२ बीच हुने खेलको नतिजा कुर्नुपर्ने भएको छ । पुलिसले प्रदेश-२ लाई हराएमा लुम्बिनीलाई उछिनेर समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुग्नेछ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


