वाग्मती प्रदेशमा अधिकृत स्तरका १७४ जना कर्मचारी माग
मकवानपुर – वाग्मती प्रदेशको प्रदेश लोकसेवा आयोगको हेटौँडा कार्यालयले छैठौं अधिकृत स्तरका एक सय ४९ जना खुलातर्फ र २५ जना बढुवातर्फका कर्मचारी माग गरेको छ ।
वाग्मती प्रदेशको प्रदेश लोकसेवा आयोगले पहिलो पटक अधिकृत स्तरका कर्मचारी माग गरेको छ । यसअघि चौंथो र पाँचौं तहका कर्मचारी माग गरेको आयोगले अहिले भने छैठौं अधिकृत स्तरका कर्मचारी माग गरेको हो ।
प्रदेशका विभिन्न पालिकामा गरेर अधिकृत स्तरका १ सय ७४ जना कर्मचारी माग गरिएको प्रदेश लोकसेवा आयोग हेटौंडाका अध्यक्ष सुरेशमान श्रेष्ठले जानकारी दिनुभयो ।
लोकसेवा आयोगले प्रशासनतर्फका ५९ जना र बाँकी सबै प्राविधिकतर्फका कर्मचारी माग गरिएको हो । प्रदेशका मन्त्रालयबाट कुनै पनि कर्मचारी यसपटक माग गरिएको छैन ।
आजको गोरखापत्र दैनिकमा कर्मचारी भर्ना खुलेको सूचना जारी गर्दै आयोगले पालिकाबाट आवश्यक माग भएर आएका कर्मचारी माग गरिएको हो ।
लेखातर्फका ६ जना, शिक्षामा ६ जना, तथ्याङ्कमा १ जना, सिभिल इन्जिनियरतर्फका १४ जना, बिल्डिङतर्फका इन्जिनियर २ जना, वातावरण इन्जिनियर १ जना, कृषि प्रसारमा २५ जना, कृषि बागवानीमा १ जना, कृषि बालीसंरक्षणमा २ जना, पोल्टी डेरी डेभलपमेन्टमा ९ जना, मत्स्यमा १ जना, भेटेरिनरीमा १९ जना, कृषि एग्रीमा १ जना कर्मचारी माग गरिएको अध्यक्ष श्रेष्ठले बिताउनुभयो ।
माग गरिएका पालिकाका कर्मचारी विकट क्षेत्रका पालिकामा आवश्यक रहेको र करारमा राख्नका लागिसमेत अभाव भएकाहरुले लोकसेवा आयोगमार्फत कर्मचारी माग गर्ने गरेका छन् ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


