हाम्राे लडाइँ पद र कुर्सीकाे हानथापका लागि हाेइन : नेता नेपाल
काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आफूहरूको लडाइँ गलत विचारको विरुद्ध भएको बताउनुभएको छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालयमा प्रदेश नं. २ का नेता तथा कार्यकर्तासँग भेटघाट गर्दै अध्यक्ष नेपालले आफूहरूको लडाइँ सही विचारका लागि गलत विचारको विरुद्ध रहेको बताउनुभएको हो । पार्टीभित्र पद र कुर्सीको हानाथाप भएको नभइ पार्टीलाई विचार, विधि, पद्धति र राम्रो कार्यशैलीमा अघि बढाउनका लागि र गलत विचारको विरुद्ध भएको उहाँको भनाइ छ ।
अध्यक्ष नेपालले प्रतिनिधि सभा भङ्ग हुने आधार नभएको बताउनुभयो । प्रधानमन्त्री ओलीको चुनाव गराउने इच्छा नभएको भन्दै सङ्कटकाल लगाएर अथवा तानाशाह लादेर भए पनि सत्तामा बसिरहन चाहेको उहाँले जिकिर गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेकपाकाे प्रचण्ड–नेपालका वरिष्ठ नेता झलनाथ खनालले विगत तीन वर्षमा प्रधानमन्त्री ओलीले पार्टी र सरकारलाई गलत दिशातर्फ लाने दुस्प्रयास गरेको बताउनुभयो । समाजवादी बाटो छोडेर भद्दा किसिमको पुँजीवादी उदारवाद अपनाएका कारण पार्टीमा प्रश्न उठ्दै गएको उहाँको भनाइ छ । ओलीले झापाको दमकमा अरबाैँ अरब बजेट दिएको भए पनि देशभर जनअपेक्षाअनुसारको बजेट नदिएको उहाँले आरोप लगाउनुभयो ।
वरिष्ठ नेता खनालले प्रतिनिधि सभा विघटन लोकतन्त्र, संविधान, सङ्घीयता, समावेशिता तथा गणतन्त्रमाथिको आक्रमण भएको पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले देशलाई प्रतिक्रान्तिको दिशातर्फ धकेल्ने कोसिस गरिरहेको उहाँको भनाइ छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


