नेकपाको प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगको निर्णयबारे छलफल गर्दै
काठमाण्डाै – निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुवै समूहका निर्णयहरुलाई आधिकारिकता नदिने निर्णय गरेसँगै प्रचण्ड-नेपाल समूह छलफलमा जुटेको छ ।
निर्वाचन आयोगको यो निर्णयसँगै अब कसरी अघि बढ्ने भन्नेबारे आज छलफल गर्न लागिएको र छलफलपछि मात्रै आफूहरुको कदमको टुङ्गो लाग्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
कुनै पनि निर्णय गर्दा दुवै अध्यक्षको सहमति र हस्ताक्षर हुनुपर्ने नेकपाको विधानमा उल्लेख छ । यसैबीच, नेकपाका प्रचण्ड-नेपाल पक्षले आजदेखि २८ गतेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोध गर्ने गरी थप कार्यक्रम सार्वजनिक गरेको छ ।
सार्वजनिक कार्यक्रमअनुसार आज सिट्ठी जुलुस निकाल्ने, भोलिदेखि २१ गतेसम्म माइतीघर मण्डलमा धर्ना दिने, १६ गते शान्तिबाटिकामा भेला भएर लैनचौरसम्म प्रदर्शन गर्नेलगायत कार्यक्रम रहेका छन् ।
काठमाण्डौ उपत्यका बाहिर १५ गते बुटवल, १६ गते विराटनगर, १७ गते धनगढीमा विरोध प्रदर्शन गर्ने प्रचण्ड-नेपाल समूहले घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि नेकपा दुई समूहमा विभाजित भएका छ । यस्तै नेकपाको ओली पक्षले माघ २३ गते काठमाण्डौमा जनसभा गर्ने भएको घोषणा गरेको छ ।
ओली समूहको वाग्मती प्रदेश संगठन कमिटी अध्यक्ष आनन्दप्रसाद पोखरेलले वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिको वास्तविकता नागरिकलाई जानकारी गराउने उद्देश्यले २३ गते रत्नपार्कमा जनसभा गर्न लागिएको जानकारी गराउनुभएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


