रुकुम पूर्व : ट्र्याक्टर दुर्घटना हुँदा एककाे ज्यान गयाे, एक घाइते
रुकुम पूर्व – रुकुम पूर्वमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएकाे छ भने एक जना घाइते भएका छन ।
जिल्लाको सिस्ने गाउँपालिका-५ रुमालबारामा ट्र्याक्टर दुर्घटना हुँदा सहचालक त्यही वडाका २१ वर्षीय इन्द्रबहादुर बुढाथोकीको ज्यान गएको हो ।
गएराति साढे ९ बजेतिर पाथिहाल्नबाट डोजरको बकेट बोकेर रुकुमकोटतर्फ आउँदै गएको लु ४ प ४१८५ नम्बरको ट्र्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएका इन्द्रबहादुरको उपचारका क्रममा रुकुम पूर्व अस्पतालमा ज्यान गएको हाे ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक गणेशबहादुर श्रेष्ठका अनुसार दुर्घटनामा परेर ट्र्याक्टरका चालक २१ वर्षीय जीवन बुढाथोकी घाइते हुनुभएको छ । घाइते बुढाथोकीलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


