नागरिक अगुवामाथिको दमनप्रति पत्रकार महासङ्घको ध्यानाकर्षण
काठमाण्डौ – प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक तहबाट भएको शान्तिपूर्ण आन्दोलनमा सहभागी नागरिक अगुवामाथि भएको दमनप्रति नेपाल पत्रकार महासङ्घले ध्यानाकर्षण भएको जनाएको छ ।
सोमवार नागरिक आन्दोलन र मानव अधिकारवादीले कमलपोखरीमा गरेको शान्तिपूर्ण कार्यक्रममा सहभागी पत्रकार एवं लेखक नारायण वाग्ले, मानवअधिकारकर्मी कृष्ण पहाडीलगायत मानव अधिकारवादी र नागरिक अभियन्तामाथि प्रहरीले लाठी र पानीका फोहरा प्रहार गरेको भन्दै महासङ्घले घटनाको भत्सर्ना गरेको छ ।
मंगलवार विज्ञप्ति निकालेर महासङ्घले शान्तिपूर्ण र स्वतन्त्ररूपमा प्रदर्शनमा रहेका मानव अधिकारवादी र नागरिक अभियन्तामाथि भएको यो दमन अभिव्यक्ति स्वतन्त्रता विरोधी कार्य भएको उल्लेख गरेको छ ।
विज्ञप्तिमा भनिएको छ : ‘महासंघ सरकारको यो अभिव्यक्ति स्वतन्त्रता विरोधी कार्यको कडा शब्दमा भर्त्सना गर्दछ ।’ यस्तै, आउँदाे दिनमा यस्ता दमनकारी कार्य नदोहोर्याउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


