काठमाण्डाैको दक्षिणकालीमा ट्रक पल्टिँदा चालक र सह–चालकको ज्यान गयो
काठमाण्डाै – काठमाण्डाैको दक्षिणकाली नगरपालिका ९ हुमानेमा ट्रक पल्टिँदा चालक र सहचालकको ज्यान गएको छ ।
थाहाखेलबाट फर्पिङका लागि छुटेको बा ३ ख ६१ ९९ नम्बरको ट्रक पल्टिँदा चालक मकवानपुरको थाहा नगरपालिका ४ बज्रबाराहीका मोहनलाल रुम्बा र सहचालक अछाम घर भइ काठमाण्डाैको दक्षिणकाली बस्ने गोमबहादुर बुढाको ज्यान गएको हो ।
दुवै जनाको काठमाण्डाैको ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ट्रक सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…


