शिवराजमा कोरोना विरुद्धको खोप लगाउँन सुरु
दिपक के.सी. कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिकामा कोरोना बिरुद्धको खोप आज शनिबारबाट लगाउँन सुरु भएको छ । आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्दौटामा नगरमा पहिलो कोरोना विरुद्धको खोप नगरपालिका स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराईले लगाएर सुभारम्भ गर्नु भएको हो ।
कोभिड १९ कोरोना विरुद्धको खोप पहिलो चरणमा स्वास्थ्य कर्मि ,स्वास्थ्य स्वंय सेविका,सुरक्षाकर्मिहरुलाई खोप लगाउन सुरु भएको नगरपालिका प्रमुख प्रशासकिय अधिकृत गणेश अर्यालले बताउनु भयो ।
अधारभूत स्वास्थ्य अस्पतालमा विजयनगर गाउँपालिकाका स्वास्थ्य कर्मि, स्वयसेविकाहरुलाई पनि खोप लगाइने उहाँले बताउनु भयो । कोरोना विरुद्धको ३ सय डोज खोप शिवराज नगरपालिकाको लागि आएको र विजय नगर गाउँपालिकाको खोप डोज आउन बाकी रहेको स्वास्थ्य शाखा प्रमुख भट्टराईले बताउनु भयो ।
खोप लगाइ सकेपछि आफुलाई कुनै खालको लक्षण नदेखिएकोले ढुक्क भएर खोप लगाउन सबैलाई भट्टराइले आग्रह गर्नु भयो । कपिलवस्तुमा ४ ठाउँमा कोरोना विरुद्धको खोप लगाउने व्यवस्था भएको जिल्ला कोरोना फोकल पर्सन उमेश बन्जाडेले बताउनु भयो ।
जिल्लाको तौलिहवा जिल्ला अस्पताल, पिपरा अस्पताल, शिवराजको आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्दौटा र कृष्णनगरमा रहेको शिवराज अस्पतालबाट खोप सेवा प्रदान गरिएको बन्जाडेले बताउनु भयो । जिल्लामा पहिलो चरणमा ४५ सय कोरोना विरुद्धको खोप आएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


