ईयूले युरोपमा बनेका कोरोनाविरुद्धकाे खोप निर्यातमा नियन्त्रण गर्ने
काठमाण्डाै – युरोपेली सङ्घ (ईयू)ले आफ्ना सदस्य देशहरुमा बनेका कोरोना भाइरस विरुद्धकाे खोप अन्य देशमा निर्यात गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
ईयूसँगको सम्झौता अनुकूल काम नभएमा उत्पादित नयाँ खोपको निर्यातमा अस्थायी रुपमा रोक लगाउने ईयूले जनाएको छ । ईयूले ९२ थरीलाई निर्यात प्रतिबन्ध नलगाउने निर्णय गरेकाे छ ।
तीमध्ये कोभ्याक्सका लागि खोप दान दिने, गरिब देशका लागि विश्वव्यापी खोप सहयोग योजना, स्विट्जरल्यान्ड, नर्बे र उत्तर अफ्रिकाका देशहरु रहेका छन् । भूमध्यसागरीय देशहरू लेबनन र इजरायल पनि प्रतिबन्धमा नपरेका बीबीसीले जनाएकाे छ । तर याे निर्णयबाट बेलायत, क्यानडा, अमेरिका अष्ट्रेलियालगायतका एक सय बढी देश भने प्रभावित हुनसक्ने बीबीसीले जनाएको छ ।
खाेप वितरणको विषयलाई लिएर ईयू खोप उत्पादक एस्ट्राजेनेकासँग सार्वजनिक रूपमै विवादमा परेकाे तथा अनि खोप वितरणको सुस्त गतिका कारण सङ्घ माथि बढ्दो दबाब बढेसँगै ईयूले यस्ताे निर्णय गरेकाे बीबीसीकाे खबरमा उल्लेख छ ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…


