सोलुखुम्बुमा आगलागीमा परी दुई बालबालिकाको ज्यान गयो
सोलुखुम्बु – सोलुखुम्बुमा आगलागीमा परेर दुई जना बालबालिकाको ज्यान गएको छ । नेचासल्यान गाउँपालिका वडा नम्बर २ सल्यानका टेकबहादुर निरौलाको मतनामा आगलागी हुँदा उहाँको नाति र नातिनीको ज्यान गएको वडाध्यक्ष भेषकुमार बास्तोलाले जानकारी दिनुभयो ।
ज्यान गुमाउनेहरुमा पाँच वर्षकी गृष्मा निरौला र सात वर्षका सुगम निरौला रहेका छन् । घाँस राख्न बनाइएको मतनाको माथिल्लो तलामा घाँस लगायतका सामाग्री राखिएको र तल्लो तलामा आगो बाल्ने ठाउँ भएको पनि वडाध्यक्ष निरौलाले बताउनुभयो । बालबालिकाले आगो बाल्दा आगलागी भएको बताइए पनि कारण खुलिनसकेको प्रहरीले जनाएको छ ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…


