टिप्परलाई साइड दिने क्रममा मोटरसाइकल घरमा ठोक्किँदा चालकको ज्यान गयो
काठमाण्डाै – मोटरसाइकल दुर्घटनामा परेर काठमाण्डाैमा दुई जनाको ज्यान गएको छ ।
काठमाण्डाैको कागेश्वरी मनोहरा नगरपालिका ७ अमरसिंह चोकमा बा ९३ प ३३१० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सिन्धुली घर भएर भक्तपुर बस्ने ३१ वर्षका निराजन बरालको ज्यान गएको छ । सडक लेन मिचेर आउँदै गरेको बा ५ ख ४३ ७३ नम्बरको टिप्परलाई साइड दिने क्रममा मोटरसाइकल घरमा ठोक्किएको थियो ।
मोटरसाइकल चालक बरालको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यस्तै, काठमाण्डाैको नयाँ बसपार्कमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ ।
बा ८७ प ७०९२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री लमजुङको दोर्दी गाउँपालिका ७ का ५६ वर्षका सुनमायाँ गुरुङको ज्यान गएको प्रहरीले जनाएको छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


