त्रिभुवन विमानस्थल १८ घण्टा मात्रै चलाउने तयारी, चार वटा एअरलाइन्सको विरोध
काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन समय १८ घण्टामा झार्ने तयारी भएको छ । विमान र यात्रुको सङ्ख्या कम भए पनि अहिले २१ घण्टा सञ्चालनमा रहेको विमास्थल अब १८ घण्टा मात्रै सञ्चालनको तयारी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।
यस विषयमा केही दिनभित्रै निर्णय हुने क्षेत्रीको भनाइ छ । कोरोना महामारीका कारण विमानस्थलको आम्दानी घटेको र २१ घण्टा सञ्चालन गर्दा खर्च धेरै बढ्ने भएकाले सञ्चालनको समय १८ घण्टामा झार्न लागिएको उहाँले बताउनुभयो ।
अहिले बिहान ६ बजेदेखि अर्को दिन बिहान ३ बजेसम्म विमानस्थल सञ्चालन हुँदै आएको छ । अहिले नेपाल एअरलाइन्स, कतार एअरवेज, जजिरा एअर र एअर अरेबिया गरि चार वटा एअरलाइन्सले मात्रै १२ बजेपछि उडान गर्दै आएका छन् । तर यी एअरलाइन्सको नियमित उडान नभएकाले रातभरि विमानस्थल सञ्चालन गर्ने अवस्था नरहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
अहिले कतार र एअर अरेबियाले दैनिक रूपमा तथा नेपाल एअरलाइन्स तथा जजिरा एअरले हप्तामा तीन दिन राति १२ बजेपछि उडान गर्दै आएका छन् । नेपाल एअरलाइन्सले हप्तामा तीन दिन राति १ बजेपछि जापानको नारिता उडान गर्दै आएको छ । कतार र एअर अरेबियाको उडान भने राति सवा २ बजे हुँदै आएकाे छ ।
विमानस्थल जम्मा १८ घण्टा सञ्चालन गर्ने निर्णयको चार वटा एअरलाइन्सले विरोध गर्दै आएका छन् । आफूहरूको तालिका नमिल्ने र पटक–पटक परिवर्तन गर्न सम्भव नभएको भन्दै उनीहरूले १२ बजेपछि पनि उडान हुनुपर्ने माग गर्दै आएकाे उपमहानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।
तत्कालीन पर्यटनमन्त्री स्वर्गीय रविन्द्र अधिकारीको पालामा २०७५ सालको जेठ ७ गतेदेखि त्रिभुवन विमानस्थल २१ घण्टा सञ्चालन हुँदै आएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


