धादिङ : रोकि राखेको ट्रकमा अर्काे ट्रक ठोक्किँदा दुई जनाको ज्यान गयो

‍काठमाण्डाै – धादिङकाे थाक्रे गाउँपालिका-२ कोइरालेमा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

बिग्रिएर सडक छेउमा रोकेर राखेको ना ६ ख ६४६५ नम्बरको ट्रकमा त्यही दिशाबाट आउँदै गरेको लु २ ख २७० नम्बरको ट्रक ठोक्किँदा दुर्घटना भएको हो ।

गएराति साढे ३ बजेतिर भएको दुर्घटनामा ज्यान गुमाएका दुई जनाको परिचय खुलेको छैन । दुर्घटनामा लु २ ख २७० नम्बरको ट्रकका चालक गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि काठमाण्डौको ट्रमा सेन्टर ल्याइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

अर्का ट्रक चालक भने सामान्य घाइते भएका छन् ।

TOP