काठमाण्डौमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको ज्यान गयो

काठमाण्डाै – काठमाण्डाैको गोङ्गबुको शिवमन्दिर नजिकै मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

गएराति प्रदेश–३–०२०१० प ३८७० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रु काभ्रे देउपुरका ३८ वर्षका नारायणप्रसाद ढकालको ज्यान गएको हो ।

ढकालको उपचारका क्रममा ग्रीन सिटी अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

TOP